कैलाली – कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका(३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका(३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #