काठमाडौँ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । योगेशले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


अन्तिम मत परिणाम अनुसार योगेशले २१ हजार ९४३ मत ल्याए । उनका प्रतिद्वन्द्वी बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याए । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेले ८२८ मत प्राप्त गरेर तेस्रो भए ।


ADVERTISEMENT

# # #


योगेश २०७४ मा भएको संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाटै निर्वाचित भएका थिए ।