गोरखा – गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन् ।


ADVERTISEMENT


आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए । धिताल उनी वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन् ।