काठमाडौँ– नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र नंवर ४ का उम्मेद्वार राजन भट्टराईले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिता जनाउन मतदातालाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT


आफ्नो निर्वाचन क्षेत्रमा मतदानको अवस्थामा बुझ्न निस्किएका भट्टराईले मैतिदेवीमा सञ्चारकर्मीसंग कुरा गर्दै नियमित चूनावले मुलुकलाई दिशा निर्धारण गर्ने र लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गराउने भएकाले सक्रिय सहभागिता जनाउन अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले निर्वाचनका माध्यमबाट बन्ने सरकाररले मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने र सुशासनको बाटोमा समेत अघि बढाउने भएकाले मतदाताले मताधिकार प्रयोग गर्नुपर्ने जिकिर गरे ।

उनले निर्वाचनमा आफ्नो बिजय सुनिश्चित भएको दावी गरे ।