काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा दर्ता भएका ४९ वटा राजनीतिक दलमध्ये एमाले सवैभन्दा धेरै (३१७३४९४) मत ल्याएर पहिलो दल बनेपनि कतिपय दलले १५ सय मत समेत नकटाएको निर्वाचन आयोगले जनाएको छ । यसरी हजार मत पनि नकटाउने दलहरुमा २० भन्दा बढि रहेको बताइएको छ ।


ADVERTISEMENT


एमालेले जम्मा प्रतिशतका आधारमा ३३.२५ प्रतिशत मत ल्याउदा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । कांग्रेसले ल्याएको मत प्रतिशतमा ढाल्दा ३२.७८ प्रतिशत हुन्छ । त्यसैगरी माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत छ । उसको प्रतिशतमा परिवर्तन गर्दा १३.६६ प्रतिशत हुन आउँछ । त्यसैगरी राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ, उसले जम्मा मतको ४.९५ प्रतिशत हुन्छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत ल्याएको छ । यो पार्टीले ल्याएको मत प्रतिशतमा लैजाँदा ४.९३ प्रतिशत हुन्छ ।
त्यस्तै विवेकशील पार्टीले २१२३६६ मत ल्याएर २.२२ प्रतिशत मत पाएको छ भने राप्रपाले १९२७८६ मत ल्याएर २.०६ प्रतिशत मत ल्याएको छ । राप्रपा प्रजातान्त्रिकले ८८३७७मत ल्याएर ०.९३ प्रतिशतमा चित्त बुझाउन बाध्य भएको छ । त्यसैगरी नयाँ शक्तिले ८१८३७ ल्याएर ०. ८६ प्रतिशत मत पाएको छ । यसैगरी राष्ट्रिय जनमोर्चा ६२१३३ ल्याएर ०.६५ प्रतिशत मत ल्याएको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ५६१४१ मत ल्याएर ०.५९ प्रतिशत मत पाएको छ । त्यस्तै नेकपा मालेले ४१२७० मत ल्याएर ०.४३ प्रतिशत मत पाएको छ । त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीले ३६०१५ ल्याएर ०.३८ प्रतिशत मत ल्याएको छ । उता, राष्ट्रिय जनमुक्ति पार्टी ३३०९१ ल्याएर ०. ३५ प्रतिशत, एकीकृत राष्ट्रिय प्रजातान्त्र राष्ट्रबादीले २८८३५ ल्याएर ० .२३ मत पाएको छ ।
यसैगरी नेपाली जनता दल २२०४९ ल्याएर ०.२३, संघीय लोकतान्त्रिक पार्टी २१६१० ल्याएर ०.२३, बहुजन शक्तिपार्टी १५४६८ मत ल्याएर ०.१६ प्रतिशत, मंगोल नेश्नल अर्गनाइजेशन १५११७ ल्याएर ०.१६ प्रतिशत मत ल्याएको छ ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मञ्चले १३९४२ मत ल्याएर ०.१५ प्रतिशत मत पाएको छ । उता, नेपाल जनतापाटी ९३१० ल्याएर ०.१ प्रतिशत र आमुल परिवर्तन मसि पार्टीले ५१६१ मत ल्याएर ०.०५ प्रतिशत मत पाएको छ । यसैगरी राष्ट्रिय मुक्ति आन्दोलनले ४२७५ ल्याएर ०.०४ प्रतिशत मत पाएको छ ।

यसैगरी नेपा राष्ट्रिय पार्टी ३४६० ल्याएर ०.०४ प्रतिशत,नेपाल लोकतान्त्रिक जनता पार्टी २३८९ ल्याएर ०.०३ प्रतिशत, चुरेभावर लोकतान्त्रिकले २१७० मत ल्याएर ० दशमलव ०२ प्रतिशत मत पाएको छ । यस्तै ग्रीन पार्टी नेपालले १६८५ ल्याएर ० .०२ प्रतिशत मत पाएका छन् ।

यी बाहेक अन्य दलले भने एक हजार ५ सय भन्दा कम मत पाएका छन् । एकहजार ५ सय भन्दा कम मत ल्याउने पार्टीमा ऐतिहासिक प्रजातान्त्रिक पार्टी, जनप्रजातान्त्रिक पार्टी, जनसमाजवादी पार्टी, तामसालिङ लोकतान्त्रिक पार्टी,दलित मुस्लिम जनशक्ति पार्टी र देशभक्त लोकतान्त्रिक पार्टी लगायत छन् ।