काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौं क्षेत्र नंवर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको सिद्धान्त असफल भइसकेको भन्दै नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेपनि ओली त्यसलाई मान्न तयार नरहेको बताएका हुन् । दुई-दुई पटक संसद बिघटन गरेर संविधान मास्नेदेखि भ्रष्टाचारलाई प्रश्रय दिने काम ओलीबाट भएको प्रचण्डले बताए ।


ADVERTISEMENT

# # #


ओलीको गोरुगाडाको सिद्धान्त पनि असफल भइसकेको उनले बताए । त्यस्तै प्रचण्डले संविधानलाई बचाउनका लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गठबन्धन बनाउनुपरेको दाबी गरे । मंसिर ४ गतेको निर्वाचन अवसर भएर आएको भन्दै सवै जनताले यसको सही उपयोग गर्नुपर्ने उनको भनाई छ । अबको एजेण्डा विकास र समृद्धि नै भएकोको उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनमतको अपमान गरेका कारण केपी ओलीलाई जनताले कारबाही गर्नु पर्ने बताए । उनले आफ्नो पार्टीलाई समेत मिलाएर लान नसक्नेले जनता र देशलाई अघि बढाउन नसक्ने तर्क गरे । आगामी निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित रहेको र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको भनाई छ ।

अध्यक्ष नेपालले संविधानको रक्षा, शान्ति र समृद्धिका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जित दिलाउनुपर्ने बताए ।