काठमाडौँ – मैत्रीपूर्ण फुटबलमा पाकिस्तानविरुद्ध नेपाल विजयी भएको छ । बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १-०ले हराएको हो ।


ADVERTISEMENT


नेपालको जितका लागि अञ्जन विष्टले ८३औँ मिनेटमा गोल गरे । मौकालाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाली टोलीको कप्तानी आज रोहित चन्दले गरेका थिए ।


ADVERTISEMENT

# # #