काठमाडौँ – नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगसंग माग गरेको छ ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्ने जस्ता आचारसंहिता विपरितको काम एमालेले गरेको भन्दै कारवाही गर्न माग गरे । गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता विपरितको कामलाई देख्न नसकेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दाबी गरे । उनले महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे । अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वभाविक नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ ।

उनले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा हुने स्वभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दाबी गर्नु प्रचार मात्रै भएको धारणा राखे ।

प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सबै क्षेत्रमा कुनै दुविधा नगरी काँग्रेसलाई मतदान गर्न आह्वान समेत गरे ।