काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यतर्फ ललितपुर–३की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ ।


ADVERTISEMENT


सोमबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले न्यायाधीश कुमार चुडालको इजलासले यसअघि दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो । यससँगै तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नहुने भएको छ ।


ADVERTISEMENT

# # #


लाभको पदमा रहेको भन्दै आयोगले कार्तिक १२ गते तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध तोसिमा सर्वोच्च अदालत पुगेकी थिइन् ।

ललितपुर–३ मा तोसिमाले सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार उर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेका अमृत खड्कासँग प्रतिस्पर्धा गर्दैछिन् ।