चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन् । यही कात्तिक २३ गते निधन भएका उन्को परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा निवास पुगेका हुन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको राजनीतिमा स्व। सापकोटाले पुर्याएको योगदानप्रति आभार प्रकट गर्दै उनको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताए । सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्द्धनका दृष्टिमा पनि अतुलनीय उनले सो पुस्तकमा लेखेको लेखमा चर्चा गरेका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा कांग्रेसका नेता प्राडा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो । गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व रहेका थिए । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिएका उनी नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिन्थे । सापकोटा दम रोगबाट ग्रसित थिए । रासस