काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौं क्षेत्र नंवर १० सतुंगलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद विघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि विजयी गराउनुपर्ने बताएका हुन् । उनले नेपाली जनताको लामो लडाईपछि स्थापित भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


देउवा देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुद बनाउन १० देखि १५ वर्ष वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनको भनाई छ । प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआब्जा उपलव्ध गराईने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले संविधानको रक्षाका लागि प्रतिगमनलाई पराजित गर्दै अग्रगमनका लागि गठबन्धनलाई बिजयी गराउनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले एमाले विजयी भए मुलुकमा फेरी प्रतिगमनको खतरा हुने भएकाले निर्वाचनलाई होसियारीपूर्वक उपयोग गर्नुपर्ने धारणा राखे ।