काठमाडौँ – इंल्याण्ड अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो ।


ADVERTISEMENT


अष्ट्रेलियाको एडलैडमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको इंगल्याण्डले १६ ओभरमा कुनै पनि विकेट नगुमाएर शानदार जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


इंगल्याण्डलाई सहज जित दिलाउने क्रममा ओपनरद्वय जस बटलर र एलेक्स हल्सले उत्कृष्ट ब्याटिङ गरे । पहिलो विकेटका लागि नटआउट १७० रनको साझेदारी गर्नेक्रममा हल्सले ४७ बलमा ४ चौका र ७ छक्का ठोक्दै ८६ रन बनाए भने बटलरले ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनको योगदान दिए । इंग्ल्याण्डसामू भारतीय बलर निरीह साबित भए ।

यसअघि ब्याटिङतर्फ भारतका लागि विराट कोहली र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे । त्यसक्रममा पाण्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित ६३ रन ठोके । यस्तै कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित ५० रनको योगदान दिए । यस्तै रोहित शर्मा २७ र सूर्यकुमार यादवले १४ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ इंग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ तथा आदिल रसिद र क्रिस ओएक्सले समान १–१ विकेट हात पारे ।

उपाधिका लागि अब ईंग्याण्डले आइतबार पाकिस्तानको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनल प्रवेश गरेको थियो ।