काठमाडौँ – आसन्न निर्वाचनमा प्रदेशसभातर्फ मकवानपुर–२ (ख)का गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । ‘आए आए, हाम्रा ईन्द्र बानियाँ’ बोलको उक्त गीतमा बानियाँलाई भोट दिन अनुरोध गरिएको छ ।


ADVERTISEMENT


गीतमा केशब समर्पणको शब्द तथा विमलराज क्षेत्री र सरु थापाको स्वर रहेको छ भने संगीत संयोजन योगेश काजीले गरेका छन् । यस्तै मिक्सिङ पवन बिके र भिडियो सम्पादन विनोद चौलागाईले गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेस बाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँ उक्त क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार छन् ।