हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको विषयमा भइरहेको कामहरुकोबारेमा प्रदेशसभा सदस्यका उम्मेदवारहरुसँग अन्तरक्रिया गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार भर्चुअल माध्यमबाट प्रदेश सभापति बानियाँले पार्टीबाट प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरुसँग निर्वाचनको तयारीको विषयमा परेका समस्याहरु, निर्वाचन परिचालनको अवस्थालगायतको बारेमा छलफल गरेका हुन् ।


ADVERTISEMENT

# # #


छलफलमा प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना उम्मेदवारहरु सहभागी थिए । छलफलमा सभापति बानियाँले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिम्मेवार ढंगले अभियानमा लाग्न निर्देशन दिए ।

चुनावी तयारीको क्रममा केही समस्या, केही चुनौतीहरु आउनसक्ने भन्दै त्यसलाई सुझबुझका साथ समाधान गर्दै जानुपर्ने बताए । चुनावी कार्यक्रमहरु के कसरी सञ्चालन भइरहेका छन् भन्नेबारे पनि उम्मेदवारहरुबाट जानकारी लिइएको थियो ।

पार्टीले प्रदेशबाट पठाएको चुनावी डकुमेन्टहरु सबै क्षेत्रमा पुगे नपुगेको बारेमा पनि सभापति बानियाँले चासो राखेका थिए । लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता भएको भन्दै गठबन्धनभित्रका दलहरुका उम्मेदवारलाई जिताउन सबै पार्टीका नेता कार्यकर्तालाई उत्प्रेरित गर्नसमेत सभापति बानियाँले उम्मेदवारहरुलाई निर्देशन दिए ।