एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार एक विरोध जुलुसका क्रममा उनीमाथि गोली प्रहार भएको बताइएको छ ।


ADVERTISEMENT


इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का नेता डा. यास्मिन राशिदका अनुुसार गोली प्रहारबाट इमरान खान र उनका चार जना समर्थक घाइते भएका छन् । इमरानको खुट्टामा चोट लागेको छ र उनलाई अस्पताल लगिएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्दपी गोली सोही व्यक्तिले चलाएको हो वा अरु कसैले चलाएको हो भन्ने पुष्टि हुन सकेको छैन ।

‘डन न्यूज’का अनुसार जुन कन्टेनरमा इमरान उपस्थित थिए। उनको नजिकै गोली चलेको थियो । इमरानले शाहबाज शरिफ सरकारको राजीनामा र तत्काल आम निर्वाचनको माग गर्दै गत हप्तादेखि उनले विरोध जुलुस सुरु गरेका थिए ।

यो जुलुसको शुरुवातदेखि नै विभिन्न कारणले महिला पत्रकारसहित तीन जनाको मृत्यु भइसकेको छ ।