काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने स्पष्ट पारेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसारका बारेमा जानकारी गराउदै सार्वजनिक पदमा आसीन व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा अनिवार्य अनुमति लिनुपर्ने स्पष्ट पारेको हो ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अनुमति लिएर प्रचार प्रसारमा जान सक्ने र त्यसरी जाँदा कुनै पनि सरकारी स्रोत साधनको प्रयोग गर्न नपाईने बताए । उनले दोस्रो चरणको चुनावी प्रचारप्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तिमा २४ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई त्यसको जानकारी गराउनुपर्ने जनाए। थपलियाले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको बताए ।

आयोगले हालसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको र स्थानीय तहमा आचारसंहिता उल्लंघन भए कारवाही गर्ने अधिकार आयोगले तोकेको स्थानीय अधिकारीलाई नै दिईएको थपलियाले बताए । उनले निर्वाचन आचारसंहितको सुक्ष्म अनुगमन गर्न गृह मन्त्रालयमार्फत प्रहरी र अनुसन्धान बिभागलाई जिम्मेवारी दिईएको जानकारी दिए ।

त्यस्तै थपलियाले सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेको भन्दै निहित राजनीति स्वार्थ बोकेकाहरूबाट अभिव्यक्ति स्वतन्त्रतामाथि नहोस् भनेर आयोग सचेत रहेको बताए ।