भक्तपुर – भक्तपुर स्भक्तपुर नगरपालिका १० कमलविनायकमा लागुऔषध विक्रीवितरण तथा ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। लागुऔषध विक्रीवितरण तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने ३३ वर्षीय रविन तामाङ र सोही स्थान भइ हाल कमलविनायक नै बस्ने ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा लागुऔषधसहित चोरी गरि राखिएका मोटरसाकलको हेल्मेटसमेत फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कानुन बमोजिम बरामद गरी लागुऔषधसम्बन्धी कसुरमा उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । उनीहरुबाट लागुऔषधसहित मोटरसाइकल, हेल्मेट बरामद भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रासस