काठमाडौँ– काठमाडौँ महानगरपािलकाले पसल सजावटका लागि भन्दै पैदल यात्रीलाई मर्का पर्ने गरी न्यूरोडका व्इापारीले राखेका झिलिमिली हटाइदिएको छ।


ADVERTISEMENT


महानगरले आज पसल सजावटका नाउँमा व्यापारीले सर्वसाधारणलाई हिड्न समेत असहज हुने गरि फुलको गेट तयार पारेको भन्दै सो संरचना हटाएको हो ।


ADVERTISEMENT

# # #


सर्वसाधारणको सहजताका लागि महानगरले सो कदम चालेको र आफुहरुले पसलमाथि राखिएका फुलमालाहरु भने नहटाएको महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले बताए ।

पछिल्लो समय फुटपाथ खाली गराउँदै आएको महानगरले अनधिकृत संरचना पनि हटाउँदै आएको छ ।