काठमाडौँ – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


नेपाल समाजवादी पार्टीले ‘सबैलाई लोकतन्त्र, समृद्धि’ भन्ने मूल नाराका साथ आइतबार घोषणापत्रमा सार्वजनिक गरेको हो । ‘प्रतिवद्धतापत्र–२०७९’ नाम दिइएको उक्त घोषणापत्रमा १२ वटा वाचा गरिएको छ ।


ADVERTISEMENT

# # #


जस अनुसार नेपाल समाजवादी पार्टीले सबैलाई सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा, प्रविधि र व्यवहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलमै उपलब्ध गराउने, लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी सिर्जना गर्ने, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने जनाएको छ ।

यस्तै भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने, हरियो, सफा र खुल्ला सहर बनाउने, उद्यमीलाई देशभर प्रोत्साहन गर्ने, व्यावसायिक कृषिलाई प्राथमकिता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुलीलाई नै प्रमुख ऊर्जा बनाउने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने लगायतका वाचाहरु घोषणापत्रमा समावेश छन् ।

यसपटक चुनाव लड्नबाट पछि हटेका बाबुरामले नेकपा माओवादी केन्द्रसँग सहमति पछि माओवादीकै चुनावचिन्ह लिएर आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेका छन् । काठमाडौँ–७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराई पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवारी बनेकी छन् ।