काठमाडौँं– पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७५ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै रहेको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ५८ हजार, नेपाली काँग्रेसले २९ लाख ८२ हजार, नेकपा माओवादी केन्द्र ले १२ लाख ३६ हजार र संघीय समाजवादी फोरमले नेपालले चार लाख ४३ हजार मत प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख २७ हजार, विवेकशील साझा पार्टीले दुई लाख नौ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९१ लाख दुई हजार मतगणना पूरा भएको आयोगले जनाएको छ ।