काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वागत गर्दै भारतले ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ ।


ADVERTISEMENT


विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘पहिलो प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाल सरकार र नेपाली जनतालाई भारतको बधाई ।’


ADVERTISEMENT

# # #


नेपालको आर्थिक समृद्धिलगायत दुईदेशीय सम्बन्धका सबै पक्षलाई अगाडि बढाउन भारत सधैं तयार रहेको पनि उनले बताए ।-आजको कान्तिपुरबाट