काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनका लागि टिकट पाएका केहि उम्मेदवारहरुविरुद्व सर्वाेच्च अदालतमा उजुरी परेको छ । पार्टीले टिकट दिएका विजय गच्छदार र विक्रम पाण्डेसहित ९ जनाविरुद्व सर्वाेच्चमा रिट परेको हो ।


ADVERTISEMENT


अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको उनको आरोप छ ।

यो रिट सुनुवाइको पेशी ३० असोजमा हुने भनिएको छ ।