काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो ।


ADVERTISEMENT


गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा ईन्दु बर्माले अविजित ९ रन बनाईन् । गण्डकीका लागि श्रृष्टि जैसीले १ विकेट लिए ।


ADVERTISEMENT

# # #


त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुदै २६ रन बनाएको थियो । जितसँगै एपीएफ ४ अंक जोड्दै समूह एको शीर्ष स्थानमा कायम रहेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ ।