डडेल्धुरा–प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनुपर्ने भन्दै डडेल्धुरामा आन्दोलन सुरु भएको छ ।


ADVERTISEMENT


सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढी तथा डोटीको दिपायल कुन ठाउँमा हुने भन्ने विषयमा आधिकारीक निर्णय नगरेकाबेला डडेल्धुराका नगरिक अगुवा तथा व्ययापारीहरुले डडेल्धुरामा बुधबारदेखि निरन्तर आन्दोलन गर्दे आएका छन् ।


ADVERTISEMENT

# # #


उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य प्रकाश साउँदको सयोजकत्वमा १०१ सदस्यीय आन्दोल समिति गठन गरेर आनदोलन थालिएको हो । सो समितिका संयोजक साउदले प्रदेश नम्बर ७ का ७ जिल्ला पहाडमा रहेको तथा अहिलेसम्म सबैखाले सेवा सुविधा तराईमै भएकाले अव पहाडको विकास गर्नपनि प्रदेश राजधानी डडेल्धुरामा राख्नुपर्ने बताए ।

‘पहाडमा अहिलेसम्म कुनै किसिमको पूर्वाधार तथा विकास भएको छैन, सुदूरपश्चिम विश्ववद्यालय कंचनपुरमा छ । मेडिकल कलेज धनगढी गेटामा छ, पहाडलाई जहिलेपनि पछाडी धकेल्न मिल्छ’ उनले प्रश्न गरे ।

मंगलबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौलाई ज्ञापन पत्र समेत बुझाएको समितिले जनाएको छ ।