काठमाडौं– कैलाली १ बाट प्रनिनिधिसभा सदस्यमा विजयी भएका रेशम चौधरीलाई विजयीको प्रमाण प्रदान नगरिएको भन्दै मानव अधिकार रक्षक संजालले ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


संजालले चौधरीको पक्षमा भोट दिने मतदाताको कदर गरेर विजयको प्रमाणपत्र उचित प्रक्रिया मार्फत प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको हो ।


ADVERTISEMENT

# # #


चौधरीलाई अहिलेसम्म विजयी प्रमाणपत्र दिइएको छैन । उनी तीन दिनसम्म पनि जिल्ला निर्वाचन कार्यालय नगएपछि प्रमाणपत्र काठमाडौंस्थित निर्वाचन आयोग पठाइएको छ ।

वि.स २०७२ भदौ ७ गते प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तमा कैलालीको टिकापुरमा आठ जना प्रहरी र दुई वर्षीय बालकको मृत्यु भएको थियो । चौधरीलाई सो घट्नाको मुख्य योजनाकारको आरोप लगाइएको छ ।