काठमाडौं-समानुपातिकतर्फ जिल्लामा काँग्रेस पहिलो भएको छ । काँग्रेसले एमालेभन्दा प्रतिनिधिसभामा ९ सय ८२ र प्रदेशसभामा ३ हजार ८ सय ९८ बढी मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ सिटमध्ये एउटा प्रदेशसभा सदस्य मात्रै जितेको काँग्रेस समानुपातिकमा भने बढी मत पाउन सफल भएको छ ।


ADVERTISEMENT


काँग्रेसले प्रतिनिधिसभामा ७३ हजार ९ सय ९३ र प्रदेश सभामा ६९ हजार ६५ मत प्राप्त गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ ७३ हजार ११ र प्रदेशसभातर्फ ६५ हजार १ सय ६७ मत प्राप्त गरी दोस्रो भएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभामा ४३ हजार १ सय ९५ र प्रदेशसभामा ४४ हजार ८ सय १७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा ४ हजार ६ सय ८९ र प्रदेशसभामा ४ हजार ६ सय ३५, विवेकशिल साझा पार्टीले प्रतिनिधिसभामा ४ हजार ५ सय ९१ र प्रदेशसभामा ३ हजार २ सय ४३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा १ हजार ६ सय ७७ र प्रदेशसभामा १ हजार ९ सय ५१, नेकपा मालेले प्रतिनिधिसभामा १ हजार ३ सय ८६ र प्रदेशसभामा १ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले प्रतिनिधिसभामा ८ सय ५१ र प्रदेशसभामा ७ सय ३१, नयाँ शक्ति पार्टीले प्रतिनिधिसभामा ५ सय ८५ र प्रदेशसभामा ६ सय ८२ मत प्राप्त गरेका छन् ।

चार दललाई पाँच मत

समानुपातिकतर्फ वन्द सूची पेश गरेका दलहरुमध्ये पाँच दलले ५ मत प्राप्त गरेका छन् । हाम्रो पार्टी, देशभक्त समाज, युवा नेपाल, देशभक्त लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभा तर्फको समानुपातिकमा ५ ५ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ८ दलले १ सय मत कटाएका छैनन् ।

जिल्लामा प्रतिनिधिसभाका लागि ४९ र प्रदेशसभाका लागि २७ दलले समानुपातिकतर्फको बन्द सूची पेश गरेका थिए । जिल्लामा ३ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेकोमा २ लाख २९ हजार ४ सय ५२ मत खसेको थियो ।