काठमाडौँ – छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने नेपालको सपना अधुरै रहेको छ । सोमबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशसँग ३–१ गोलले हारेसँगै नेपालको सपना चकनाचुर भएको हो ।


ADVERTISEMENT


खेलको पहिलो हाफमा २ गोलले पछि परेको नेपाल दोस्रो गोलमा १ गोल फर्काए पनि बंगलादेशले थप एक गोल गर्दा हार व्यहोर्न पुगेको हो । बंगलादेशलाई जित दिलाउने क्रममा सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । यस्तै श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन् ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेले बंगलादेशको पोस्ट गोल गर्दै नेपाललाई २–१को अवस्थामा ल्याएकी थिइन् । तर, ७७औँ मिनेटमा बंगलादेशले तेस्रो गोल गर्दै जित सहज बनाएको हो ।

यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।