काठमाडौं-विश्व बजारमा धनकुटाबाट उत्पादित चियाको माग बढ्न थालेको छ । एक दशक अघिदेखि नै अन्तर्राष्ट्रिय मापदण्डमा उत्कृष्ट गुणस्तर पहिचान दिएको अर्थोडक्स चियाको माग पछिल्लो समय बढ्दै गएको हो ।


ADVERTISEMENT


दुई दशक अघिदेखि उत्पादन थालेको गुराँसे टि स्टेटबाट उत्पादित चिया जर्मन, जापान, अमेरीका, फ्रान्स, पोल्याण्ड, चीन, भारत लगायतका मुलुकमा निर्यात भइरहेको छ । त्यहाँबाट उत्पादित चियाले निरन्तर रुपमा जर्मन, जापान लगायतका राष्ट्रमा भएका प्रतिस्पर्धाहरुमा विश्वकै गुणस्तरिय चियाको उपाधी हात पारिसकेको छ ।


ADVERTISEMENT

# # #


यो क्रम विगत तीन वर्ष अघिसम्म कायमै रहेको कारखानाका म्यानेजर नविन कार्कीले बताउनुभयो । यो वर्ष ३३ हजार केजी चिया उत्पादन गर्ने लक्ष्य लिइएको कार्कीले बताए । जिल्लामा कुवापानी टि प्लान्टेशन र जुन चियावारी कारखानाबाट पनि चिया उत्पादन हुँदै आएको छ ।

यसैगरी विभिन्न कृषक समुहले पनि जिल्लामा चिया उत्पादन गर्दै आएका छन् । अन्य कारखाना पनि विदेशी बजारतर्फ आकर्षित बन्दै गएका छन् ।

धनकुटा र तेह्रथुमका चिया कृषक ति कारखानामा निर्भर छन् । धनकुटा कुल ४ हजार ५ सय रोपनी क्षेत्रफलमा हरियोपत्ति चिया उत्पादन हुँदै आएको जनाइएको छ ।