काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाममा पनि एमालेले अग्रता कायमै राखेको छ ।


ADVERTISEMENT


मंगलबार राति ११ बजेसम्म ४५ लाख ९५ हजार ९ सय १२ मत गणना भएकोमा एमालेले १६ लाख ४५ हजार ६ सय ९७ मत प्राप्त गरेको छ । यो कुल मतको ३५.८० प्रतिशत हो । कांग्रेसले १५ लाख ५३ हजार २ सय ४९ मत ल्याएको छ । यो ३३.७९ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रले ६ लाख ५१ हजार ६ सय ७७ मत ल्याएको छ । यो १४.१७ प्रतिशत हो । संघीय फोरमले १ लाख ६६ हजार २४ मत ल्याएको छ । यो गणना भएको कुल मतको ३.६१ प्रतिशत हो । करिब आधा मत गणना भइसक्दा ४ पार्टीले मात्रै गणना भएको मतको ३ प्रतिशत कटाएका छन् ।

राष्ट्रिय जनता पार्टीले १ लाख १२ हजार ७ सय ६७ मत ल्याएको छ । राप्रपाले १ लाख ३ हजार ६ सय ५७ र विवेकशील साझा पार्टीले १ लाख ४ सय ५७ मत ल्याएका छन् । नयाँ शक्ति पार्टीले ४९ हजार ३ सय ९४, राप्रपा (प्रजातान्त्रिक) ले ३५ हजार ९७, राष्ट्रिय जनमोर्चाले ३२ हजार ३८ मत पाएका छन् । अन्यले १ लाख ४५ हजार ८ सय ५५ मत ल्याएका छन् ।