काठमाडौं:पूर्वी चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा मंगलबार दिउँसो करिब ४ बजे इट्टा तयार गर्ने क्रममा राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो ।


ADVERTISEMENT


उनको कलेज अफ मेडिकल साइन्स (पूरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


अन्य घाइतेहरुको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरुमा कालिका नगरपालिका सूर्यपुरकी कान्छीमाया बोम्जन, कालिका-३ की निर्मला थिङ, कालिका-१ की सरिता बोम्जन, रोल्पा घर भएकी रिमा बुढामगर, भुपबहादुर पुन, दिलबहादुर क्षेत्री, दिपा पुन रहेका छन् ।

त्यस्तै भारत बिहार स्थायी घर भएका अब्दुल रहिमको पनि नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

इट्टा भट्टामा मजदुरहरु पुरिएपछि तत्कालै एक्साभेटरले खनेर तत्काल उद्धार गरिएको उद्योगका संचालक श्यामकृष्ण महर्जनले जानकारी दिए । यस इट्टा भट्टामा केहीवर्ष अगाडि पनि राउण्डको आगोमा परि १ जनाको मृत्यु भएको थियो ।

२५ वर्ष अगाडिदेखि सोही स्थानमा सञ्चालित यस उद्योगमा करिब २ सय ५० कामदार कार्यरत रहेको उद्योगका मेनेजेर शेषकान्त पौडेलको भनाई छ ।