सल्लेरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेका नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको सोलुखुम्बुमा वाम गठबन्धनसँग पराजित भएका काँग्रेसलाई तीनै स्थानमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ । समानुपातिकतर्फको मतगणना हुँदा नेकपा एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको समानुपातिकतर्फ काँग्रेसलाई १५ हजार १४८ मत प्राप्त भएको छ भने एमालेले १२ हजार ६६ र नेकपा (माओवादी केन्द्र)ले सात हजार ६७३ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८५, नयाँ शक्ति पार्टी ३७६, राजपा ६१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ३५ र संघीय समाजवादी फोरम नेपालले २४८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मुरारी बस्तीले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ काँगे्रसलाई १३ हजार ४ सय ४७, एमालेलाई १० हजार ४ सय ५८, माओवादी केन्द्रलाई आठ हजार ३१ र नयाँ शक्ति पार्टीलाई ४ सय ०६ मत प्राप्त भएको पनि उहाँले जानकारी दिए ।

यसैबीच, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ चार हजार ६४९ र प्रदेशसभातर्फ ६ हजार ७६३ मत बदर भएको छ । कुल ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो ।