काठमाडौँ– सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन्।


ADVERTISEMENT


सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा : सञ्चालन, आचरण र अनुशासन एवम् विभागीय कारबाही’ विषयक अन्तक्र्रियामा उनले भने – “कर्मचारी सङ्गठनले राजनीतिक दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल छ ।”


ADVERTISEMENT

# # #


मन्त्री बुढाथोकीले जनताप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न र निर्वाचनको कार्यलाई सहयोग पुर्याउन कर्मचारीलाई निर्देशन दिए । नेपाल सरकारका सचिव र विभागीय प्रमुखको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मुख्य सचिव डा. सोमलाल सुवेदीले अनुशासनहीन काम गर्नेलाई विभागीय कारबाही गर्न निर्देशन दिए ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्णय गर्दा आधार कारण उल्लेख नगरी निर्णय गर्ने प्रथा अन्त्य गर्ने तथा जवाफदेही बहन नगर्नेहरुबाट क्षतिपूर्ति भराउनेसमेत व्यवस्था गर्ने कुरामा जोड दिए।

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरुवा, काज, अध्ययन बिदा कानुनसम्मत नभएकोतर्फ सचेत हुन सबैलाई ध्यानाकर्षण गराए ।