काठमाडौँ – काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ ।


ADVERTISEMENT


बुधबार बिहान ७ बजेर १७ मिनेटको शुभसाइतमा हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर ध्वजारोहण गरिएसँगै जात्राको शुभारम्भ भएको हो । लिङ्गो ठड्याउने जात्रा अर्थात् इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो सङ्ख्यामा मानिसको भीड लागेको थियो । त्यस अवसरमा गुरुजुको पल्टनले तोप पड्काउनाका साथै विशेष धून बजाएको थियो ।


ADVERTISEMENT

# # #


हनुमानढोकामा रंगिविरंगी ध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरु हुन्छ । आठ दिनसम्म मनाइने इन्द्रजात्रा भाद्र शुक्ल चतुदर्शी र पूर्णिमाको दिन रथयात्रा गर्ने गरिन्छ । इन्द्रजात्राका दिनमा बसन्तपुरमा राष्ट्रपति लगाएतका उच्च पदस्थ व्यक्तीहरु सहभागी भई जात्रा अवलोकन गर्ने परम्परो छ ।

काठमाडौँमा इन्द्रजात्रा शुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ ।