काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी जिताउनमा आफ्ना साथीहरुको पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाद्धारा बुधवार आयोजित जनताको साथमा नेपाली काङ्ग्रेस अभियानको क्रममा पूर्वसांसद खतिवडाले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीको निति, कार्यक्रमलाई जनताहरु माझ पुर्‍याउन गठबन्धन गर्नुपर्ने उनले बताए । व्यक्तिगत वैमनश्यतालाई साइडमा राखी पार्टीगत हितका लागि मतदान गर्न उनले अनुरोध गरे ।

चुनाव जितेपछि सांसद सि. डि. ओ. ले मुलुङको बाटो हेर्न लाने र पिङ उद्घाटन गर्ने बाहेक केही काम नगरेको उनको आरोप लगाउँदै उनले हरेक कार्यकर्ताले पार्टीको कारण र कांग्रेसको यो ठाउँ रहेको बुझ्नुपर्ने धारणा समेत व्यक्त गरे ।

‘कार्यकर्ता नेतासंग रिसाउने अधिकार भएकोले तपाईंहरुमा छ । हामी नेताहरु सबै ठाउँमा पुग्न पाएनौ होला धेरै कमजोरी छ’, बाल्दै उनले भने, ‘कांग्रेससंग जतिसुकै रिस तित्तता भएनी ड्याम्म रुख चिन्हमा छाप लाएर आफ्नो रिसलाइ पोख्नु ।’ रासस