काठमाण्डौं-राजपा नेता राजकिशोर यादव सिरहा क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका यादव २१ हजार १४४ मतसहित निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


यादवले निकटतम प्रतिस्पर्धी माओवादीका अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतअन्तरले हराए । यादवका निकटतम प्रतिस्पर्धी एवम् पूर्व कानुनमन्त्री नायकले १७ हजार ५ सय ७५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशसभा तर्फ (क)मा माओवादीका दिलिप कुमार साह र प्रदेशसभा (ख)मा राजपाका सुरेश कुमार मण्डल विजयी भएका छन् ।

सिराहाको क्षेत्रनम्बर ३ मा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।