काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक फिर्ता गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदका दुबै सदनबाट बहुमतले पास भएर प्रमाणीकरणका लागि पुगेको विधेयक फिर्ता पठाइदिएकी हुन् ।


ADVERTISEMENT


गत साउन ६ गते संघीय संसद्‌बाट पारित विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाएका थिए । तर, राष्ट्रपति भण्डारीले विधेयक १४ दिन राखेर पुनर्विचार गर्न भन्दै फिर्ता गरेकी छन् । नेपालको संविधान बमोजिम नागरिकता प्राप्तीसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको राष्ट्रपतिको भनाई छ ।


ADVERTISEMENT

# # #


विधेयकमा विवाह गरेर नेपाल भित्रिने विदेशी महिलाले चाहेमा निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको व्यवस्था रहेको छ । विधेयकको विरुद्धमा विभिन्न दबाब समूहले राष्ट्रपति भण्डारीलाई भेटेर विधेयक प्रमाणीकरण नगर्न आग्रह गरेका थिए ।

राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरी अड्काएर राखेकी थिइन् । अन्ततः विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी हुन् ।