कठमाडौँ – गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


आइतबार उपसभामुख पुष्पा भुसाल गौतमले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ का सम्बन्धमा अर्थसमितिको प्रतिवेदनको क्रमसंख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले गणपुरक संख्या पुर्याएर मात्रै प्रस्तुत गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


लगत्तै उपसभामुख भुसालले ३ मिनेट घण्टी बजाएर गणपुरक संख्या यकिन गर्न कर्मचारीलाई आदेश दिइन् । २७५ जना सदस्य रहेको प्रतिनिधिसभामा गणपुरक संख्या एक चौथाई अर्थात् ६९ जना हो । तर, ३ मिनेट घण्टी बजाउँदा पनि ६७ जना मात्रै पुग्यो । २ जना सांसद नपुगेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनैपनि प्रश्न वा प्रस्ताव निणर्यार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित हुनु पर्छ । यसअपघि पनि पटकपटक गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएके छ ।

अपडेट : १५ मिनेटपछि बसेको बैठकमा समेत गणपुरक संख्या नपुगेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरेका छन् ।