काठमाण्डौं-सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका हरिबोल गजुरेल १२ हजारको मतान्तरले विजयी भएका छन् । उनको यो दोस्रो जित हो । ३० हजार १७९ मत ल्याएर प्रतिस्पर्धीलाई १२ हजार मतले पछाडि पार्दै गजुरेलले जित निकालेका हुन् ।


ADVERTISEMENT


निकटतम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गरे । मतगणनाको शुरुदेखि नै गजुरेलले अग्रता लिएका थिए । यस अघि ०७० मा भएको संविधानसभा निर्वाचनमा पनि गजुरेल सिन्धुलीको ३ नं क्षेत्रबाट विजयी बनेका थिए । अहिले दुइवटा निर्वाचन क्षेत्र हुँदा साविकको ३ समेत र कमलामाइ नगरपालिका समेत गाभिएको छ ।


ADVERTISEMENT

# # #