काठमाडौं–काठमाडौं क्षेत्र नं. २ मा एमाले नेता माधव कुमार नेपालसँगको चुनावी प्रतिस्पर्धामा पछाडि परेपछि नेपाली कांग्रेसका नेता दीपक कुँइकेलले एक विज्ञप्ती जारी गर्दै निर्वाचनबाट आएको परिणामलाई सहज रूपमा लिएको बताएका छन् । काठमाडौं २ को मतगणना अन्तिम चरणमा पुगेको बेला कुँइकेल नेपाल भन्दा निकै पछि परेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुने र सदभाव ब्यक्त गर्ने मतदाताहरूलाई हार्दिक धन्यवाद दिँदै राजनीतिक संक्रमणकालको अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा नर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्ने उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा उनले भनेका छन्–‘काठमाडौ क्षेत्र नं –२ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । जित हार प्राविधिक विषय हुन । लोकतन्त्र जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका स्थानीय र राष्ट्रिय मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु ।’

कुँइकेलले काठमाडौ लगायत देश बासीको शिर कुनैपनि अवस्थामा झुक्न नदिने बताँउदै काठमाडौको बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै जनतासँग हातेमालो गरेर हिड्ने बताएका छन् ।

उनले निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहुन देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय, कर्मचारी, संचारकर्मी, उध्योग/ब्यवसायीलाई समेत धन्यवाद दिएका छन् ।

आफ्नो क्षेत्र लगायत समग्र स्थानबाट निर्वाचित सांसदहरुलाई बधाई दिँदै मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि काठमाडौको बिकासमा अविचलित रुपमा जनतासँगै रहने प्रतिबद्धता समेत जनाएका छन् ।