काठमाडौं – हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८÷७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् ।


ADVERTISEMENT


पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए । गत आवमा जिल्लामा रु एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए ।


ADVERTISEMENT

# # #


जिल्लामा रु ९० लाखको लागतमा ङावल ढलान बाटो, रु ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ । यस्तै रु २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ । “हालसम्म पाँच करोड बराबरको काम भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,” प्रमुख विष्टले भने ।

मनाङमा तीन बहुवर्षीय योजना छन् । दुई मोटरेवल पुल र मुङ्जे टङ्की मनाङ सडक कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा मनाङमा १६ योजना थप भएका छन् । वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ ।