काठमाण्डौं-मोरङ क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरेका छन् । ढकाल १९ सय ६ मतको अन्तरले विजयी बनेका हुन् ।


ADVERTISEMENT


निर्वाचन कार्यलयको अन्तिम मत परिणाम अनुसार ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गरेका छन् भने शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


जितपछि छोटो प्रतिक्रिया दिँदै ढकालले मोरङ ३ मा इमान र निष्ठाको राजनीतिको जित भएको बताए । ‘हामीले आफ्ना एजेण्डा जनता समक्ष लिएर जाँदा जनताले मन पराएर अनुमोदन गरिदिएका छन्, हामी जनताको विश्वास ढगमगाउन दिनेछैनौँ । उनले भने ।
ढकाल २०४५ साल देखि राजनीतिमा सक्रिय छन् भने शर्मा विराटनगरस्थित नोवेल मेडिकल कलेजका सञ्चालक हुन् ।