सोल – दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८५ हजार ३२० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।


ADVERTISEMENT


यसैसँगै कुल संक्रमितको संख्या एक करोड ६२ लाख ५१७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड संक्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ। यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ।

यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या २४ हजार नौ सय ९२ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ।