काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एमाले, माओवादी केन्द्र, राप्रपासहित ४ सयभन्दा धेरै स्थानीय नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।


ADVERTISEMENT


शनिबार नेपाली कांग्रेस हेटौंडा उप–महानगर– १२ ईकाइ समितिद्वारा घिसिङ टोलीमा आयोजित बृहत पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ४ सय जना कांग्रेसमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


नवप्रवेशीहरूलाई सभापति बानियाँले कांग्रेसमा प्रवेश गराएको स्वकीय सचिव मिलन पुडासैनीले जानकारी दिएका छन् । यसैबीच, सभापति बानियाँले मकवानपुर जिल्लामा स्थानीय तहको निर्वाचनमा कांग्रेस ३० वर्षपछि पहिलो पार्टी बनेको बताए । उनले जनमतका आधारमा पहिलो पार्टी बनेको बताए ।

उनले कांग्रेसले शान्ति प्रक्रियामार्फत मुलुकमा शान्ति ल्याएको बताए । सभापति बानियाँले बागमती प्रदेशका ११९ वटामध्ये ५८ वटा पालिका एकलौटी जितेको बताएका छन् । कांग्रेसले चुनाबी गठबन्धनमार्फत् नै धेरै ठाउँमा जितेको दाबी गरे ।

गठबन्धनमा रहेका दलहरूलाई कांग्रेसले धोका नदिने उनले बताएका छन् । एमालेले जनतालाई झुक्काएको बताएका उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै नेताहरूलाई निकालेर एक्लै बसेको बताए ।