काठमाडौँ – प्रतिनिधिसभामा नागरिकता विधेयक जारी छ । बिहीबार बैठक सुरु हुनासाथ गृहमन्त्री वालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावमाथि गरेका थिए ।


ADVERTISEMENT


सोही अनुसार विधेयकमाथि सांसदहरुले आफ्ना प्रतिक्रिया राखिरहेका छन् । यसै विषयमा नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथिको छलफल छलफल नभएर छल भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यो छलफल होइन, केबल छल हो । नागरिकताजस्तो विषयमा छल गर्नु निन्दनीय छ ।’ उनले भने, ‘देशको दीर्घकालीन अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर विषयलाई समितिमा नपठाइ जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो, निरंकुशता हो, राष्ट्रियताप्रतिको खेलवाड हो ।’

संसारका कुनै देशमा पनि नागरिकता खुकुलो नहुने बताउँदै उनले बताए । संविधान बनाउने बेलामा नेपाली नागरिकसँग विवाह गर्न चाहने विदेशी महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि (नेपालमा निरन्तर बसोबास गर्नुपर्ने) भनी प्रमुख दलका नेताहरुले गरेको सहमतिविपरित राज्य व्यवस्था समितिले निर्णय गरी पेश गरेको ७ वर्षको प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउनु रहेको उनले बताए ।

उनले भारत र चीनजस्ता विशाल छिमेकीको बीचमा रहेको नेपाललाई जनसंख्याको राजनीतिको दुश्चक्रमा धकेलेर नेपालको अस्तित्वलाई खतरामा पार्ने ठूलो भूमरी सिर्जना गर्न लागिएको रावलको जिकिर छ । उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई आएको भोलिपल्टै नागरिकता दिनु राष्ट्रहित विपरित हुने सांसद रावलको ठहर छ ।

‘भारतमा हाम्रा चेलीहरुले विवाह गरेको ७ वर्ष नागरिकताको लागि कुर्नुपर्ने अनि हामीले आउनेबित्तिकै दिनुपर्ने यो कहाँको अन्तर्राष्ट्रिय कानुनको पालना हो ? यो कहाँको देशभक्ति, राष्ट्रहित हो ?’ उनले भने, ‘त्यसकारण सकारलाई हार्दिक अनुरोध गर्न चाहन्छु, देशको हितबारे साचौँ । सत्ता र पदमा कोही पनि सँधै हुँदैन, हेक्का राखौँ ।’

उक्त विधेयकको विरोध गर्दै नेता रावलले कविता समेत सुनाए ।

यस्तो छ उनका कविता :

छलफल हो कि छल मात्र हो, हतारो किन हो ?
खोलेर आँखा देशहितका लागि राम्ररी सुन यो
के सँधै तिमी सत्तामा हुन्छौ, देशभन्दा आयू छ ?
संवेदनाहीन, बुझ्नौ किन, स्वाधिनता दाउमा छ
देशको रक्षा, जनताको हित, कर्तव्य राज्यको
रच्दछौ किन बहाना गर्दै नाटक आज यो ?
खतरा तिम्ले निम्त्याउँछौ किन देशको जीवनमा
के कुटील स्वार्थ राख्दछौ सरकार भनन मनमा