काठमाडौं –  कामना सेवा विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत पदमा  विनय दाहाल नियुक्त भएका छन् ।


ADVERTISEMENT


बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनी एन.आई.सी एसिया बैंक तथा नबिल बैंकसँग आवद्ध भएर पनि काम गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने  विश्वास गरिएको छ ।