काठमाडौँ–  प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसाल र प्रतिपक्षी नेकपा एमालेबाट बिद्या भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबारमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् । उम्मेद्वारी दर्ता गर्दै भुसालले सदनसंग जोडिएका बिषयबस्तुलाई प्रभावकारी उठाउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको बताइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै एमालेकी उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् । उम्मेद्वारी दर्तापछि भट्टराईले संसदको गरिमामय पद लामो समयदेखि रिक्तता रहेको र अव निर्वाचन हुन लागेकाले उम्मेद्वारी दर्ता गराएको बताइन् ।

प्रतिनिधिसभामा शुक्रबार उपसभामुखको निर्वाचन हुँदैछ ।