एजेन्सी – बेलायतका पूर्वअर्थमन्त्री रिसी सुनक कन्जरभेटिभ पार्टीको नेता र आगामी प्रधानमन्त्री बन्नको लागि पहिलो चरणको मतदानमा विजयी भएका छन्।


ADVERTISEMENT


पार्टी सांसदको मतदानमा उनले ८८ मत प्राप्त गरे। व्यापारमन्त्री पेनी मोर्डेन्ट ६७ मतका साथ दोस्रो र विदेशसचिव लिज ट्रस ५० मतसहित तेस्रो भए।


ADVERTISEMENT

# # #


अर्थमन्त्री नदिम झावी र पूर्वस्वास्थ्य सचिव जेरेमी हन्ट प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएका छन्। उम्मेदवारहरूले बिहीबार हुने अर्को चरणको मतदानको सामना गर्नुपर्नेछ।

अर्को साताको अन्त्यसम्ममा यस दौडमा दुई उम्मेदवार बाँकी रहनेछन्। त्यसपछि १ लाख ६० हजार टोरी सदस्यले कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा एक जना उम्मेदवार तय गर्नेछन्।

बेलायतको अर्को प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुने भएको छ। रिसी सुनकले गत हप्ता बोरिस जोनसनको क्याबिनेटबाट राजीनामा दिएपछि धेरै मन्त्री र अधिकारीहरूले सरकार छाडेका थिए।