काठमाण्डौं-प्रजातान्त्रिक गणतान्त्रिक कंगोमा उत्पन्न संकटका कारण १७ लाख बढी मानिस विस्थापित हुन बाध्य भएका छन् ।


ADVERTISEMENT


सहायता केन्द्रका अनुसार हिंसाका कारण विश्वमै बढी मानिस विस्थापित भएको सहायत केन्द्रले दावी गरेका छन् । विगत केही वर्ष यताबाट भएको गृह युद्धका कारण विस्थापितको संख्या वृद्धि भएको विभिन्न सहायता नियोगले बताएका छन् ।


ADVERTISEMENT

# # #


मध्यपूर्वी मुलुक सिरिया, यमन र इराकको तुलनामा कंगोमा विस्थापित हुनेको संख्या बढेको नर्वेजियन शरणार्थी परिषदका निर्देशक उल्रिका बोल्मलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । एक अध्ययनका अनुसार प्रत्येक वर्ष ५ हजार ५ सय मानिस विस्थापित हुने गरेका छन् ।

गृह युद्धका कारण कंगोमा एक लाख बढी मानिस भोकमरीको जोखिममा रहेका छन् । गत वर्षको निर्वाचनपछि कंगोमा राजनीतिक संकट चुलिएको हो ।