काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी बिहीबार बिहान दुर्घटनाबाट जोगिएको हो।


ADVERTISEMENT


उक्त गाडी रामेछापको गोगनेमा सडकबाट चिप्लिएको थियो। तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताए।


ADVERTISEMENT

# # #


गुरुङ ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किँदै थिए। उनले आफू सकुशल रहेको बताए। ‘ठूलो घटना हुनबाट जोगियो, रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो। भगवान्को कृपाले हामी सबै सकुशल छौं,’ उनले ट्विटरमा लेखेका छन्।

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए।