काठमाडौं – सत्तासीन नेपाली काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारीमा छ ।


ADVERTISEMENT


विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको पाइएको छ। पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि सोच्नुपर्ने ठाउँमा पुर्‍याएको कोइराला पक्षीय एक पदाधिकारीले बताए ।

पार्टीको विधि र विधानलाई बेवास्ता गर्ने विगतको समस्या यथावत् देखिएको उनको भनाइ छ। ‘विधि र विधानलाई पालना गर्ने १४ औँ महाधिवेशनको प्रतिबद्धता थियो। अहिले त्यो देखिएन। सभापतिजी यस कुरामा गम्भीर देखिनु भएन,’ ती पदाधिकारीले भने ।

उनका अनुसार महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सम्पूर्ण काम पूरा भइसक्नुपर्ने विधानको किटानी व्यवस्था छ । तर ६ महिनामा सुरुवात समेत नभएपछि कोइराला समूहले विधान कार्यान्वयन नभएको विषयलाई सशक्त ढंगले उठाउने भएको छ ।